मंगोलिया भ्रमणमा जाँदै पुटिन, आईसीसीद्वारा पक्राउ पुर्जी जारी


 


एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी साता मङ्गोलियाको भ्रमण गर्ने भएपछि त्यहाँको अन्तर्राष्ट्रिय भौजदारी अदालतले उनीविरुद्ध पक्राउ पर्जी जारी गरेको छ । मङ्गोलिया अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) को सदस्य राष्ट्र हो ।

हेगस्थित आईसीसीले युक्रेनी बालबालिकाको अवैध निर्वासनमा सन् २०२३ मार्चमा पक्राउ पुर्जी जारी गरेपछि राष्ट्रपति पुटिनले आईसीसीको स्थापना सन्धि र रोम विधानलाई अनुमोदन गरेको मुलुकको भ्रमण गरेको यो पहिलो पटक हुनेछ ।

आईसीसी सदस्य राष्ट्रहरूले रुसी नेताले आफ्नो भूमिमा पाइला राखे पक्राउ पर्ने अपेक्षा गरिएको छ । मङ्गोलियाले सन् २००० मा रोम विधान सन्धिमा हस्ताक्षर गरेको थियो र सन् २००२ मा यसलाई अनुमोदन गरेको थियो ।

पुटिनले सेप्टेम्बर ३ मा ‘खल्खिन गोल नदीमा जापानी सैन्यवादीहरूमाथि सोभियत र मङ्गोलियाली सेनाको संयुक्त जितको ८५औँ वार्षिकोत्सव’ मनाउन छिमेकी मङ्गोलियाको भ्रमण गर्ने क्रेमलिनले बताएको छ ।

उक्त लडाइँ सन् १९३९ मा जापानीहरूले नजिकैको मन्चुरिया कब्जा गर्दा भएको थियो ।

पुटिन र मङ्गोलियाली राष्ट्रपति उखना खुरेलसुखले द्विपक्षीय सम्बन्ध तथा ‘वर्तमान अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दामा विचार आदान प्रदान’ गर्ने क्रेमलिनले उल्लेख गरेको छ । यो भ्रमण अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनको मङ्गोलिया भ्रमणको एक महिनापछि हुनेछ । वासिङ्टनले भूपरिवेष्ठित मुलुक मङ्गोलियासँग घनिष्ठ सम्बन्ध खोजेको छ ।

क्रेमलिनले आईसीसीको पक्राउ पुर्जीलाई ‘निरर्थक’ भनेको छ । आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि उनले भ्रमणलाई अझ सीमित बनाएका छन् ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्