माछापुच्छ्र्रे बैंक र बिग मार्टबीच सम्झौता


 


काठमाडौं, भदौ १४ । माछापुच्छ्र्रे बैंक र मेघा मार्ट प्रा.लि. (बीग मार्ट) बीच डिजिटल कारोबारलाई प्रर्वधन तथा प्रोत्साहन गर्ने उद्देश्यले एक सम्झौता भएको छ ।

सम्झौता पश्चात देशभरी रहेका बिग मार्टका आउटलेटहरुबाट माछापुच्छ्र्रे बैंकका ग्राहकहरुले बैंकले उपल्बध गराएका विभिन्न डिजिटल माध्यमहरु प्रयोग गरी सामान खरिद गर्दा आर्कषक सुविधाहरु पाउनेछन् ।

यसैबीच बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै हरेक सोमबार बंैकको डेबिड वा क्रेडिट कार्डको प्रयोग गरी पिओएसबाट बिग मार्टमा पेमेन्ट गर्दा एक पटकमा १० प्रतिशत वा बढीमा रु. २०० सम्मको क्यासब्याक प्रदान गर्ने छ ।

माछापुच्छ्र्रे बैंक लिमिटेडले देशभर रहेका ३०० भन्दा बढी विभिन्न संघसंस्था तथा व्यापार व्यवसायसँग व्यवसायिक सम्झौता गरि आफ्ना ग्राहकहरुलाई आकर्षक छुट प्रदान गर्दै आइरहेको छ ।

यस प्रकारको सम्झौताले गर्दा ग्राहकहरुलाई डिजिटल कारोबार गर्ने प्रोत्साहन र व्यापार व्यवसाय गर्ने संध संस्थाहरुलाई व्यापार प्रवद्र्वनमा सघाउ पुग्दै आइरहेको छ ।

साथै बैंकले अर्थतन्त्रमा प्रत्यक्ष योगदान पुर्याउने उद्धेश्यका साथ ग्रीन बैंकिङ्गलाई प्राथमिकतामा राखेर आफ्ना नवीनतम, सुरक्षित र भरपर्दा डिजिटल उत्पादन तथा सेवाहरू संचालन गरिरहेको छ ।

माछापुच्छ्र्रे बैंक लिमिटेडले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १११ शाखारहित बैंकिङ्ग सेवा, २०० एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्