ग्रिनेड पड्किँदा एकै घरका दुई बालकको मृत्यु, दुई घाइते


 


पाँचथर, भदौ १४ । पाँचथरको फालेलुङ गाउँपालिका–५ मा ग्रिनेड विष्फोट हुँदा एकै घरका दुई बालकको मृत्यु भएको छ ।

आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट हुँदा दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो ।

विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।

प्रारम्भिक अनुसन्धानमा विष्फोट भएको बस्तु ह्याण्ड ग्रिनेड भएको पत्ता लागेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्