हरेक प्रदेशका ५ क्रिकेटरलाई मासिक तलब दिइने


 


काठमाडौं, भदौ १४ । नेपाल क्रिकेट संघ (क्यान)ले हरेक प्रदेशका खेलाडीलाई मासिक तलब दिने भएको छ ।

क्यान कार्यसमितिको बिहीबार बसेको बैठकले हरेक प्रदेशका दुई महिला र तीन पुरुष गरी पाँच जना खेलाडीलाई मासिक १५ हजार तलब पदने निर्णय गरेको हो ।

खेलाडीहरुको पारिश्रमिक बापतको रकम प्रदेशहरुमा पठाइनेछ र प्रदेश क्रिकेट संघले खेलाडीहरुलाई सम्झौता गर्नेछ । यो निर्णयअनुसार हुने सम्झौता सेप्टेम्बर १ देखि एक वर्षसम्म लागू हुनेछ ।

हाल राष्ट्रिय टिममा रहेका खेलाडीलाई सेन्ट्रल कन्ट्याक्ट गरिएको छ । ए ग्रेडमा रहेका खेलाडीहरुले मासिक एक लाख रुपैयाँ पाउनेछन् ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्