धरानमा बाढीले बगाउँदा एक किशोरको मृत्यु


 


धरान, भदौ १४ । धरानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ ।

बिहीबार दिउँसो परेको भारी वर्षाका कारण विद्यालयबाट घर फर्कँदै गर्दा धरान–११ ऐश्वर्य मार्गको ड्रेनमा आएको बाढीले बगाउँदा धरान उपमहानगरपालिका–११ पृथ्वीचोकका १४ वर्षीय रोशन लिम्बूको मृत्यु हो ।

उनी भिक्टोरी विद्यालयमा कक्षा ९ मा अध्ययन गर्दै आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार साथीसँगै विद्यालयबाट घर फर्कने क्रममा लिम्बूलाई बाढीले बगाएको थियो ।

धरान–११ मङ्गलबारे नजिक ड्रेनबाट बगाएर धरान–१७ ठकुरीखोलास्थित करिब दुई किलोमिटर तल झाडीमा अड्किएको अवस्थामा लिम्बू मृत भेटिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्