बसले ठक्कर दिँदा काभ्रेमा एक महिलाको मृत्यु


 


काभ्रेपलाञ्चोक, भदौ १४ । अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले बिहीबार साँझ ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा२ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

बसको ठक्करबाट गम्भीर घाइते भएकी पहिचान नखुलेकी महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

महिलालाई ठक्कर दिने बसचालक सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ का ५१ वर्षीय रामबहादुर तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: १४ भाद्र २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्