दिनेश डिसी चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त
काठमाडौं, १३ भदाै । चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेश डिसी नियुक्त भएका छन् ।
बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि लागि तीन जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस भएको थियो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार डिसीसँगै, दीपा पाण्डे र राजेश थापाको नाम पनि सिफारिस भएको थियो ।
बोर्डको अध्यक्षका लागि बोर्डको अध्यक्षका लागि अभिनेत्री करिश्मा मानन्धरले पनि आवेदन दिएकी थिइन् । यद्यपी उनले ३ जनाको सर्टलिस्टमा पर्न सकिनन् ।
आवेदन दिएका मध्ये सिफारिस भएका ३ जनासँगै मानन्धर, प्रकाश भट्टराई र अर्जुनकुमार डंगोलसहित ६ जनाको आवेदन स्वीकृत भएको थियो ।
प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार