एकनारायण अर्याल मुख्य सचिवमा नियुक्त


 


काठमाडौं, १३ भदौ । सरकारले मुख्यसचिवमा एकनारायण अर्याललाई नियुक्त गरेको छ ।

मन्त्रिपरिषद्काे बिहीबार बसेको बैठकले सचिव अर्याललाई मुख्य सचिव बनाउने निर्णय गरेको हो ।

हाल गृह सचिव रहेका अर्याल २०४६ सालमा प्रशासन सेवातर्फ नायबसुब्बा पदबाट निजामति सेवामा प्रवेश गरेका थिए । २०५१ सालमा अधिकृत, २०५८ सालमा उपसचिव, २०६७ सालमा सहसचिव हुँदै २०७६ सालमा सचिव पदमा बढुवा भएका थिए ।

हालका मुख्य सचिव लीलादेवी गड्तौलाले ५८ वर्षको उमेर हदका कारण भोलि शुक्रबार अवकाश पाउँदैछिन् । गड्तौला १० साउनमा मुख्यसचिव नियुक्त भएकी थिइन् । भोलि शुक्रबार नवनियुक्त मुख्यसचिव अर्याललाई पद हस्तान्तरण गरेर सिंहदरबारबाट बिदा हुने छिन् ।
अर्याल २ वर्षभन्दा बढी मुख्यसचिव रहनेछन् ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्