सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा आउने प्रचण्डको चेतावनी
धनगढी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन सरकारले दुई तिहाइको दम्भ देखाए सडकमा आउने चेतावनी दिएका छन् ।
पार्टीको सुदूरपश्चिमस्तरीय परामर्श बैठकमा बोल्दै अध्यक्ष प्रचण्डले यस्तो चेतावनी दिएका हुन् ।
सरकारले दुई तिहाइको दम्भ देखाइरहे सडकमा आउन आफुहरु नडराउने उनको भनाई छ ।
सरकारको सुरुवाती दिन हेर्दा राम्रो संकेत नदेखेपछि आफूले संसदबाट बंगलादेश र श्रीलंका सम्झिन आग्रह गरेको बताए ।
भ्रष्टाचार नियन्त्रण र सुशासनको पक्षमा आफ्नो नेतृत्वको सरकारले गरेको कामबारही नरोक्न माग गर्दै सडकमा आउने अध्यक्ष प्रचण्डले बताए ।
प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार