कांग्रेस सांसद बजगाईँको आरोप – ओली र देउवाविरुद्ध भएको नाराबाजीमा रास्वपा संलग्न छ


 


काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध टुँडिखेलमा भएको नाराबाजीमा रास्वपाको हात रहेको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर सम्बोधन गर्दै सांसद बजगाईँले यस्तो बताएका हुन् ।

सांसद बजगाईँले प्रधानमन्त्री र सभापति देउवा सहभागी भएर सोमबार आयोजित गौरा पर्वको कार्यक्रममा रास्वपाले घुसपैठ भएको आशंका गरे।

सांसद बजगाईँलेभने ,‘रास्वपा सांसद साथीहरूले गौरा पर्वको अवसरमा टुँडिखेलमा प्रदर्शन गर्नेहरूको रिहाइ माग गर्नुभयो । दलका साथीहरू पनि त्यहाँ देखियो भनेर पत्रिकामा समाचार आएको छ। गौरा पर्वमा आक्रमण गरेको कि प्रधानमन्त्री र सत्ता साझेदार पूर्वप्रधानमन्त्रीमाथि आक्रमण गरेको ? धार्मिक सहिष्णुता बिगार्ने गतिविधि गर्ने दललाई म प्रश्न गर्न चाहन्छु ।’

उनले उक्त कार्यक्रममा घुसपैठ गरेर रास्वपाले धार्मिक सहिष्णुता बिगार्न खोजेको आरोप लगाए ।

गौरा पर्वको अवसरमा आयोजित कार्यक्रममा ओली–देउवाविरुद्ध नारा लगाउने एकजना वाईसीएल कार्यकर्तासहित दुईजना प्रहरीको हिरासतमा छन् ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्