मकवानपुरमा पहिरोले विद्यालय भत्कियो


 


हेटौंडा, भदौ १३ । मकवानपुरको बकैया गाउँपालिकामा पहिरोले विद्यालय भत्किएको छ ।

मंगलबार खसेको पहिरोले बकैया गाउँपालिका–१२ कोलखोपमा रहेको श्री प्राथमिक विद्यालय कोलखोपको विद्यालयमा क्षति पु¥याएको हो ।

पहिरोले विद्यालयको दुई वटा कोठामा क्षति पुगेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

डीएसपी भण्डारीका अनुसार पहिरोले पुरिँदा कोठाभित्र रहेको फर्निचर र फाइलहरु पूर्ण रुपमा क्षति भएको छ भने शौचालयमा पनि आंशिक क्षति पु¥याएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्