देउवाले उपसभापति र महामन्त्रीसहितको बैठक बोलाए


 


काठमाडौं, भदौ १३ । नेपाली कांग्रेसका सभापति देशरबहादुर देउवाले उपसभापति र महामन्त्रीसहितको बैठक बोलाएका छन् ।

केन्द्रीय समिति बैठकमा पेस भएका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् । बैठक सभापति देउवाको निवास बुढानीलकण्ठमा अहिले बिहान नौ बजे बोलाइएको छ ।

गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले संशोधित प्रस्ताव पेस गरेका छन्, जसमा राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुईपटक, मन्त्री तीनपटक र सांसद चार पटकभन्दा बढी हुन नपाउने नीतिगत व्यवस्था गर्नुपर्ने उल्लेख छ । साथै उनले चुनावी गठबन्धन पनि अनुपयुक्त भएको उल्लेख गरेका छन् ।

अर्का महामन्त्री थापाले सांगठनिक प्रस्तावमा चुनावी गठबन्धन गर्न नहुने मत गत फागुनको बैठकमा नै पेस गरेका थिए । थापाले सोही प्रतिवेदन केन्द्रीय समिति बैठकमा पनि पेस गरेका छन् ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्