मन्त्रिपरिषद बैठक बस्दै, के छ एजेण्डा ?


 


काठमाडौं, भदौ १३ । मन्त्रिपरिषद बैठक आज बस्दै छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज साँझ ५ बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको हो ।

बैठकले मुख्य सचिव नियुक्तिलगायतका बारेमा छलफल हुने बताइएको छ ।

हालकी मुख्य सचिव लिलादेवी गड्तौला ५८ वर्षे उमेर हदका कारण यही भदौ १५ गते अनिवार्य अवकाशमा जान लागेकी छन् ।

गड्तौला १० साउनमा मुख्य सचिव नियुक्त भएकी थिइन् । उनी नेपालको इतिहासमै पहिलो महिला मुख्य सचिव हुन् ।

गड्तौलापछि डा. तोयनारायण ज्ञवाली, एकनारायण अर्याल, दिनेश भट्टराई लगायत मुख्य सचिवको दाबेदार छन् ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्