नेकपा एसका पदाधिकारी र पोलिटब्युरो सदस्यको शपथ आज


 


काठमाडौं, भदौ १३ । नेकपा (एकीकृत समाजवादी)को नवनिर्वाचित पदाधिकारी र पोलिटब्युरो सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ ।

शपथपछि आजै केन्द्रीय कमिटी बैठक पनि बस्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले बताए । सपथग्रहण र केन्द्रीय समिति बैठकका लागि आज बिहान ११ बजे नयाँबानेश्वरस्थित अर्पण बैंक्वेटमा पार्टी पदाधिकारी, पोलिटब्युरो र केन्द्रीय कमिटी सदस्यहरुलाई बताइएको छ ।

उपाध्यक्ष खतिवडाका अनुसार बैठकमा नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टीको आगामी योजनाबारे छलफल गर्ने तयारी छ । खासगरी पदाधिकारी र पोलिटव्युरोमा चुनावी प्रतिस्पर्धा गरेका तर पराजित भएकाहरुलाई व्यवस्थापनको विषयमा छलफल गर्ने नेताहरुको भनाइ छ ।

एकीकृत समाजवादीले केन्द्रीय कमिटीका सबै सदस्यहरुलाई अनिवार्य उपस्थित हुन भनिएको छ ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्