पदाधिकारीमा हारेका खतिवडालाई पोलिटब्युरोमा लोकप्रिय मत, झाँक्री पनि विजयी


 


काठमाडौँ, भदौ १३ । नेकपा (एकीकृत समाजवादी)को पदाधिकारीमा पराजित बनेका विरोध खतिवडाले पोलिटव्यरो सदस्यमा भने लोकप्रिय मत प्राप्त गरेका छन् ।

चुनावमार्फत छानिएका ८४ जना पोलिटब्युरो सदस्यमध्ये खतिवडालेपहिलो स्थानमा रहँदै लोकप्रिय मत पाएका छन् । उनले २०१ मत पाएका छन् ।

दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले (१९५) पाएका छन् भने तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकी छन् ।

चौथो स्थानमा पनि पदाधिकारीमै हारेकी रामकुमारी झाँक्री विजयी भएकी छन् । उनले पोलिटब्युरो सदस्यका लागि १८२ मत पाइन् ।

लोकप्रिय मतका आधारमा पोलिटब्युरोको शीर्ष दशमा क्रमशः रामचन्द्र झा, कल्याणीकुमारी खड्का, डा विजय पौडेल, केशव लाल श्रेष्ठ, रामकुमार ज्ञवाली र भवानी खापुङ रहेका छन् ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्