एमाले सचिवालय बैठक बस्दै, यी हुन् एजेण्डा


 


काठमाडौं, भदौ १३ । नेकपा (एमाले) को सचिवालय बैठक बिहीबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको हो ।

बैठकमा २०८१ को कार्ययोजना लागू गर्नेलगायतका विषयमा छलफल हुने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

एमालेले यस वर्ष संगठन र सदस्यता विस्तार गर्ने, पार्टी शुद्धीकरण र सुदृढीकरण अभियान चलाउने गरी कार्ययोजना तयार पार्ने यसअघि नै निर्णय गरेको थियो ।

त्यहीअनुरूप एमालेले जिल्ला, निर्वाचन क्षेत्र (संघीय र प्रदेश) र पालिका इन्चार्जहरू परिवर्तन गरेको थियो । यसअघि बसेको सचिवालय बैठकले अधिकांशलाई आफ्नै जिल्ला र भूगोल कार्यक्षेत्र हुने गरी इन्चार्ज तोकेको थियो ।

पोलिट्ब्युरो र सिनियर केन्द्रीय सदस्यहरूलाई जिल्ला, केन्द्रीय सदस्यहरूलाई निर्वाचन क्षेत्र (संघीय र प्रदेश), केही केन्द्रीय र प्रदेश कमिटीका सदस्यहरूलाई पालिका तहका कमिटीका इन्चार्जको जिम्मेवारी तोकेको छ ।

त्यस्तै जिल्ला कमिटी सदस्यलाई वडा कमिटी र पालिका तहका कमिटीका सदस्यहरूलाई टोलटोलमा खटाउने गरी विस्तृत कार्ययोजना तयार पारेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

यस्तै आज बस्ने बैठकमा सरकारको एक महिने कामका बारे पनि समीक्षा हुने गौतमले जानकारी दिए ।

प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्