प्रकाशलाई नागरिकता दिन प्रधानमन्त्री ओलीको पहल


 


काठमाडौं, भदौ १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेर्ने कथा’ कार्यक्रममा प्रस्तुत प्रकाश तामाङलाई नागरिकता दिन पहल गरेका छन् ।

प्रधानमन्त्री ओलीले कार्यक्रमकी प्रस्तोता विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क गरी समस्याबारे जानकारी लिएपछि नागरिकता दिन पहल गरेका हुन् ।

तामाङको तत्काल आवश्यकता नागरिकता रहेको बुझेपछि प्रधानमन्त्रीले मंगलबार राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर छलफल गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिए । गृहसचिवले दुई÷चार दिनभित्रै तामाङलाई नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

प्रधानमन्त्री ओलीले यो जानकारी तामाङलाई पठाइसकेको र नागरिकता प्राप्त गरिसकेपछि थप आवश्यक सहयोग गर्ने विषयमा पनि छलफल भएको उल्लेख गरेका छन् ।

‘हेर्ने कथामा प्रकाश तामाङको कथा हेरेपछि मैले सचिवालयका साथीमार्फत प्रस्तोता विद्या चापागाईंलाई फोन गरेँ । उहाँ व्यस्त रहेकाले त्यसबेला कुरा हुन सकेन । पछि सचिवालयको विद्या चापागाईं र प्रकाश तामाङसँग सम्पर्क भयो । प्रकाशलाई तत्कालको आवश्यकता नागरिकता नै रहेको बुझियो ।’ प्रधानमन्त्री ओलीले फेसबुकमा लेख्नुभएको छ, ‘नागरिकता भए मात्र उहाँको बैंक खाता खोल्न सकिने र सहयोग गर्न चाहनेहरूले सहयोग गर्न मिल्ने हुन्छ । नागरिकता छिटो बनाउने विषयमा राति १० बजे नै गृहसचिव एकनारायण अर्याललाई बोलाएर उहाँसँग कुरा भयो । उहाँले प्रकाशलाई दुई÷चार दिन भित्रैमा नागरिकता दिलाउन सहजीकरण गर्ने व्यवस्था मिलाउनु भएको छ र यो खबर प्रकाशलाई पनि पठाइसकिएको छ । नागरिकता प्राप्त गरिसकेपछि प्रकाशलाई आवश्यक सहयोग गर्ने विषयमा पनि कुरा भएको छ ।’

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्