एकीकृत समाजवादीको उपाध्यक्षमा रामकुमारी झाँक्री पराजित


 


काठमाडौँ, भदौ १२ । नेकपा एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा रामकुमारी झाँक्री पराजित भएकी छन् ।

मंगलबार भएको निर्वाचनको मतपरिणामअनुसार उनी अर्की नेतृ जयन्ती राईसँग पराजित भएकी हुन् ।

सो पदमा विजयी राईले १९८ मत पाइन् भने झाँक्रीले ११३ मत मात्रै पाइन् ।

एमाले विभाजित भएर एकीकृत समाजवादी बन्दा झाँक्रीले माधव नेपाललाई बलियो साथ दिएकी थिइन् ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्