आईसीसीको अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित


 


काठमाडौँ, भदौ १२ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित भएका छन् ।

अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाह आईसीसीको अध्यक्षमा निर्वाचित भएका हुन् ।

वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालका लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए । निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्