धरानमा खुकुरी प्रहार गरेर छोरीको हत्या, आमा घाइते


 


इनरुवा, भदौ १२ । सुनसरीको धरानमा खुकुरी प्रहार गरेर छोरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

संखुवासभाको खाँदबारी नगरपालिका–२ का ३३ वर्षीय बविन बराल पक्राउ परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

उनका अनुसार बरालले अन्धाधुन्ध खुकुरी प्रहार गर्दा १४ वर्षीय छोरी इनिसा शाहीको मृत्यु भएको हो । खुकुरी प्रहारबाट उनकी आमा ३३ वर्षीया सिर्जना शाही घाइते भएकी छन् ।

खुकुरी प्रहारबाट घाइते इनिसालाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिए ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्