मुस्ताङको थासाङमा पुनः हिमपहिरो, बोक्सीखोला थुनियो


 


म्याग्दी, भदौ १२ । धौलागिरि हिमशृंखलाको मानापाथी हिमालबाट मङ्गलवार साँझ पुनःहिमपहिरो खसेपछि बोक्सीखोला थुनिएको छ ।

हिमपहिरो खसेपछि खोला आसपासका घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको छ ।

पहिरोले बस्ती जोखिममा नपरेको भएपछि केही घरपरिवारलाई सुरक्षित ठाउँमा सारिएको थासाङ गाउँपालिका अध्यक्ष प्रदिप गौचनले जानकारी दिए ।

मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित मूलखर्कमा भदौ ७ गते अपराह्न पनि हिउँ पहिरो खसेको थियो । हिमपहिरोले बोक्सीखोला पूर्ण रुपमा थुनिएकाले सतर्कता अपनाइएको छ ।

प्रकाशित मिति: १२ भाद्र २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्