नाडा अटो शोमा केइको तीन ओटा मोडल सार्वजनिक


 


काठमाडौं ११ भदौ । नेपालको लागि केइ अटोमोबाइल्स को आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले आज नाडा अटो शो २०२४को पहिलो दिन अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट आफ्नो ३ ओटा मोडल सार्वजनिक गर्दै बूकिङ्ग खुल्लाएको छ ।

यी तीन मोडल इ–क्युट जेरोटु, इ–क्युट जेरोफोर र इलेक्ट्रीक एसयूभ एक्सथ्री प्रोइभी रहेका छन् ।
इ–क्युट जेरोटु मोडल दुई भेरिएन्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ,जस्मा २०० कि.मी रेन्ज दिने भेरिएन्टलाई १९ लाख ९६ हजार मुल्य कायम गरिएको छ भने ३०० कि.मी भेरिएन्टको मूल्य २२ लाख ९६ हजार रहेको छ । इ–क्युट जेरोटुमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।

त्यसै गरी इ–क्युट जेराफाेर, ३०० कि.मी रेन्ज को मूल्य २४ लाख ९६ हजार छ । इ–क्युट जेरोफोरमा २८.०८ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र ४० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क ११० एनएम छ ।
त्यसै गरी तेस्रो मोडल एक्सथ्री प्रो इभी इलेक्ट्रीक एसयूभी, डिलक्स र फ्ल्यागसिप भेरिएन्ट उपलब्ध छ । डिलक्स भेरिएन्टको मूल्य ४६ लाख ९६ हजार र फ्ल्यागसिप भेरिएन्टको ४८ लाख ९६ हजार रुपैयाँ रहेको छ । यसमा ५३.६ किलोवाट पावर क्षमताको लिथियम आइरन फस्फेट ब्याट्री र १२० किलोवाट क्षमताको मोटर रहेको छ । यसको अधिकतम टर्क २८० एनएम छ ।

यस नाडा स्पेसल अफर अन्तर्गत केइ गाडी को खरिद मा ग्राहक ले ७।३ किलोवाट को वाल माउन्टेड चारजर, साथै १ वर्षको लागि निःशुल्क सवारी वीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्