ओरालो लाग्यो नेप्से, १११.९६ अंकको पहिरो


 


काठमाडौं। बजार खुलेदेखिनै क्रमशः ओरालो लाग्न थालेको सेयर बजार बजार अन्तिम समयसम्म ३.८६ प्रतिशतले घट्दै २७८२।६० विन्दुमा झर्न पुगेको छ ।

मंगलबार नेप्से परिसूचकमा १११.९६ अंकको पहिरो गएको हो । बजारमा पहिरोजाँदा सबै समूहको उपसूचक राताम्मे बनेका छन् ।

बैंकिङ समूहको ८१.४६, विकास बैंक २४२.३०, वित्त १८०.१२, जलविद्युत १४०.५५, जीवन बिमा ५२४.५०, उत्पादन तथा प्रशोधन २२२.६९, माइक्रोफानान्स १६१.२०, निर्जीबन बिमा ३३९.४३, अन्य ८४.७१, ट्रेडिङ समूहको उपसूचक ८५.२० अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेजका अनुसार १११.९६ अंकले नेप्से सूचक घटेको यसदिन २२३ कम्पनीको सेयर मूल्य घट्न पुगेको छ ।

जम्मा २० वटा कम्पनीको मात्र मूल्य बढेकोमा एउटा कम्पनीको मूल्य स्थिर रहेको छ । मंगलबार १८ अर्ब ६४ करोड ९५ लाख ३३ हजार रुपैयाँ बराबरको ४ करोड ३८ लाख ६८ हजार कित्ता सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्