माओवादी सत्ताको खेलमा लाग्दैन, एक्लै सरकार बनाउने दल बनेर आउँछ : प्रचण्ड


 


काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्र अव सत्ताको खेलमा नलाग्ने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभामा बोल्दै प्रमुख प्रतिपक्ष दलका नेता प्रचण्डले यस्तो घोषणा गरेका हुन् ।

‘माओवादी अव सत्ताको खेलमा लाग्ने छैन । तपाईँहरूसँग सत्ताको हिस्सेदारी माग्न आउने छैन । माओवादी भनेको आन्दोलन हो,’ उनले भने ‘यस बिचमा केही कमजोरी भयो । त्यही कमजोरीमा खेलेर विभिन्न खालको चलखेल भएको छ ।’ उनले माओवादीको ध्यान अव सत्ताको चलखेलमा नभएको र संविधान मार्फत हुने चलखेल रोक्न र जनताको कुरा उठाउनमा भएको दाबी गरे ।

उनले माओवादी एक्लैले सरकारको नेतृत्व गर्ने पार्टी बनाउने बताए । उनले पहिला पनि बनाएको र अहिले पनि बनाउने दाबी गरे । उनले त्यस बिचमा आफूलाई प्रचण्डजी भनेर फकाउन नआउन पनि आग्रह गरे । उनले त्यो समयसम्म मिलिराख्न पनि एमाले र कांसलाई आग्रह गरे ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्