नरेशलाई हिरासतमै राख्न अदालतको आदेश, सबैभन्दा बलियो प्रमाण ‘गुगल सर्च’ र ‘ब्लु स्टार’


 


काठमाडौं । अमेरिकामा वेपत्ता भएकी नेपाली नर्स ममता भट्टको ‘हत्या’ गरेको आरोपमा पक्राउ परेका उनकै श्रीमान नरेश भट्टलाई हिरासतमै राख्न अदालनले आदेश दिएको छ ।

सोमबार उनलाई मनसास स्थित प्रिन्स विलियम अदालतमा पेश गरिएको थियो । सुनवाइपछि अदालतले उनलाई धरौटीमा छोड्न अस्वीकार गरेको छ । हिरासतमुक्त गर्दा भाग्न सक्ने र समाजका लागि खतरा हुनसक्ने भन्दै न्यायधीशले धरौटी दिन अस्वीकार गरेका हुन् । अर्को सुनवाइ २४ अक्टोबरलाई तोकिएको छ ।

भट्टमाथि श्रीमतीको हत्या गरी शव लुकाएको अमेरिकन प्रहरीको दावी छ । काभ्रे घर भएकी ममता गत ३० जुलाइबाट अमेरिकामा सम्पर्कविहिन भएकी थिइन् । तर, उनका श्रीमान भट्टले भने ५ अगष्टमा मात्रै प्रहरीमा औपचारिकरुपले रिपोर्ट गरेका थिए ।

ममताका परिवारले भने सुरुबाटै उनीमाथि शंका गर्दै आएको छ । प्रहरीले नरेशको घरमा खानतलासी गर्दा मनग्ये प्रमाण भेटेको दावी गर्दै उनलाई पक्राउ गरेको जनाएको छ । यद्यपी भट्टले अहिलेसम्म अपराध स्वीकार गरेका छैनन् ।

प्रहरीले घटनास्थलमा कार्पेटमा रगतको दाग देखिएको, वाथटवमा रगत बगेको, भट्टले वालमार्टबाट फरक साइजका तीनवटा चक्कु किनेर ल्याएको लगायतका प्रमाणहरु प्रहरीले अदालतमा बुझाइसकेको छ ।

प्रहरीले पेश गरेको सबैभन्दा बलियो प्रमाणको रुपमा उनको गुगल सर्चलाई लिइएको छ । उनले अप्रिल २१ मा आफ्नो काम गर्ने कम्प्युटरबाट ‘how soon can a person get married after his wife dies’ श्रीमती मरेको कति दिनमा एउटा पुरुषले अर्को विहे गर्न सक्छ ? भनेर गुगल सर्च गरेका थिए । यसलाई पनि प्रमाणका रुपमा अदालतमा देखाइएको थियो ।

अनुसन्धानका क्रममा अमेरिकम प्रहरीले ‘ब्लु स्टार’ भन्ने पद्धती पनि अपनाएको छ । यो एउटा यस्तो प्रकारको केमिकल स्प्रे हो, जहाँ पहिला रगत थियो त्यहाँ यो स्प्रे गरेर सफा गरिन्छ । यसरी स्प्रे गरिसकेपछि रगत लागेको ठाउँ पहिले नै सफा गरेको भए पनि कोठालाई अध्यारो बनाउँदा पहिले रगत लागेका ठाउँहरुमा निलो रङको उज्यालो देखिन्छ ।

यस्तो उज्यालोहरु बेडरुमदेखि बाथरुमसम्म देखिएको छ । त्यसैले बेडरुममै हत्या गरी घिसारेर बाथरुमसम्म लगेको प्रहरीको भनाई छ । बाथरुमको एउटा कुनामा आलो रगत नै भेटिएको पनि प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्