काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो’ सुरु


 


काठमाडौं, भदौ ११ । यस वर्षको ‘नाडा अटो शो’ आजबाट काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको छ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा भएको ‘नाडा अटो शो’को अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शुभारम्भ गरे ।

६ दिनसम्म चल्ने सवारी साधानहरुको १६औं संस्करणको मेलामा २४ चार पाङ्ग्रे ब्रान्डहरू, १९ दुई पाङ्ग्रे ब्रान्डहरू, र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने आयोजकले जानकारी दिएका छन् ।

साथै, ३३ कम्पनीहरूले लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरूको प्रदर्शन गर्ने छन् ।

त्यस्तै सात वित्तीय संस्थाहरूले अनुकूल वित्तीय समाधानहरू प्रदान गर्नेछन् ।

शोमा ९५ प्रदर्शकहरू सहभागी हुने नाडाले जनाएको छ । जसले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन्।

नाडा अटो शो अगस्ट २७ (आज) देखि सेप्टेम्बर १ सम्मआयोजना हुनेछ ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्