प्रचण्डले आज संसदमा सम्बोधन गर्ने


 


काठमाडौं, भदौ ११ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहेका प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे आफ्नो धारणा राख्ने संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्