३४ तोला सुन र साढे १० किलो चाँदीसहित चार जना पक्राउ


 


नेपालगञ्ज, भदौ ११ । बाँके प्रहरीले ठूलो परिमाणमा सुन र चाँदीसहित चार जनालाई पक्राउ गरेको छ ।

नेपालगन्जका एक जना कालीगढले अवैध रूपमा जम्मा गरेर बिक्री गरिरहेको सुन प्रहरीले बरामद गरेको हो ।

बर्दियाका एक जना सुन पसलेले गाडीमा आएर केही सुन किनेर लैजाँदै गरेको फेला परेपछि प्रहरीले सुन बरामद गरेको हो ।

सुन पसलेलाई बाटोमा प्रहरीले केरकार गरेपछि प्रहरी टोली कालीगढकोमा पुग्दा उनी फरार भएको थिए ।

प्रहरीले कालीगढको पसलमा रहेको ३४ तोला सुन, साढे १० किलो चाँदी, एउटा गाडी र चार जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले यस विषयमा थप विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्