पोखरीमा डुबेर दाजु–बहिनीको मृत्यु


 


खोटाङ, भदौ ११ । पोखरीमा डुबेर खोटाङमा एकै घरका दाजु–बहिनीको मृत्यु भएको छ ।

हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर–३ बाङाका गईन्द्र राईका ६ वर्षीय छोरा संगम राई र तीन वर्षीया छोरी सम्वृद्धि राईको सिँचाई पोखरीमा डुवेर मृत्यु भएको हो ।

सोमबार दिउँसो करिब २ बजेतिर घरबाट हराएका संगम र संवृद्धिलाई उनीहरुकी आमा ममता राईले साँझ करिब ५ः४५ बजेतिर घरदेखि केही टाढा रहेको भुतिया खोला नजिकैको सिँचाई पोखरीमा डुबिरहेको अवस्थामा फेला पारेकी थिइन् ।

सामान्य रूपमा हात खुट्टा चलाइरहेको अवस्थामा उद्धार गरेर घरमा ल्याएको केही समयमा नै बच्चाहरु मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी नायब उपरीक्षक पुरुषोत्तम खड्काले बताए ।

बच्चाहरूका बुबा गईन्द्र भने हाल रोजगारीका लागि विदेशमा रहेका छन् ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्