‘नाडा अटो शो’ आजदेखि काठमाडौंमा सुरु


 


काठमाडौँ, भदौ ११ । ‘नाडा अटो शो, २०२४’ आजदेखि राजधानी काठमाडौंमा सुरु हुँदैछ ।

नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा यही भदौ १६ गतेसम्म काठमाडौँको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सञ्चालन हुने बृहत् अटो शो आजदेखि सुरु हुन लागेको हो ।

‘अटो शो’को सम्पूर्ण तयारी पूरा भइसकेको सभापति अनुपकुमार बरालले बताएका छन् ।

१६औँ संस्करणको अटो शो भव्य, सुव्यवस्थित र मर्यादित रूपमा सफल बनाउन प्रदर्शनीमार्गको आवश्यक सुुरक्षा, ट्राफिक व्यवस्थापन, सवारी पार्किङदेखि सजावटसमेत गरिसकिएको छ ।

यसपटकको अटो शोमा ७५ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहने अपेक्षा गरिएको छ । प्रदर्शनका लागि सानाठुला गरी दुईपाङ्ग्रे, तीनपाङ्ग्रे (अटो), चारपाङ्ग्रे तथा कमर्सियल गाडीहरूका पुरानादेखि नयाँ ब्राण्ड र तिनका उत्पादन प्रदर्शनीमा राखिनेछन् ।

यस्तै अन्य अटो कम्पोनेन्ट, टायर ट्युब, लुब्रिकेन्ट लगायतका गरी एक सयभन्दा बढी स्टल रहने अटो शोका सभापति बरालले बताए ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्