रास्वपाको केन्द्रीय समिति बस्दै, मुकुललाई हटाउने तयारी


 


काठमाडौं, भदौ ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ ।

पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा पूर्वमहामन्त्री मुकुल ढकाललाई थप कारबाहीलगायतका एजेण्डामा छलफल हुनेछ ।

बैठकले पूर्वमहामन्त्री ढकाललाई साधारण सदस्यतासमेत नरहने गरी कारबाही गर्ने तयारी गरेको छ । ढकाललाई पछिल्लोपटक सोधिएको २४ घण्टे स्पष्टीकरणको जवाफ नपठाएपछि आज कारबाही गर्न लागिएको बताइएको छ ।

तत्कालीन महामन्त्री ढकालले पार्टीको समीक्षा प्रतिवेदन सार्वजनिक गर्ने विषयमा सुरु भएको विवाद पछिल्लो समय सभापति लामिछानेसँग व्यक्तिगत आरोपप्रत्यारोप तहमा देखा परेको छ ।

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्