यस्तो छ मंगलबार विदेशी मुद्रा विनिमयदर


 


काठमाडौं, भदौ ११ । नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनियम दर निर्धारण गरेको छ ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा निर्धारण भएको छ ।

युरोपियन युरो १ को खरिद दर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेको छ ।

त्यस्तै बेलायती पाउन्ड १ को खरिद दर १७६ रुपैयाँ ६९ पैसा र बिक्री दर १७७ रुपैयाँ ३९ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर १ को खरिद दर ९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ९१ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

यस्तो छ अन्य विदेशी मुद्राको विनिमय दर :

प्रकाशित मिति: ११ भाद्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्