जापानमा शक्तिशाली चक्रवातको चेतावनी


 


टोकियो । यो हप्ताको अन्त्य सम्ममा भारी वर्षासँगै शक्तिशाली चक्रवात आउनसक्ने चेतावनी जारी गरिएको छ । मौसम पूर्वानुमानकर्ताहरूले सोमबार दक्षिणी जापानतर्फ एक शक्तिशाली चक्रवात अघि बढेको जनाएका छन् ।

आँधीले बुधबार अमाम टापु क्षेत्र पार गर्ने अनुमान गरिएको छ भने मुख्य दक्षिणी टापुतिर फर्कनु अघि यसको गति २१५ किलोमिटर प्रति घण्टाको हुनेछ ।

जापानमा यो महिना आँधीले गर्दा सयौँ उडान तथा रेल सेवाहरू अवरुद्ध गरेको छ भारी बर्षाले प्रशान्त तटमा क्षति पुर्‍याएको छ।

यस क्षेत्रमा तटीयरेखाको नजिकमा आँधी आइरहेको र जलवायु परिवर्तनका कारण यसको प्रभाव लामो समयसम्म रहने गत महिना जारी एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको थियो ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्