जनताका मुद्दा बोक्न प्रहरीलाई गृहमन्त्री लेखकको निर्देशन


 


काठमाडौं । गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीलाई जनताको मुद्दा बोक्न निर्देशन दिएका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा बोल्दै गृहमन्त्री लेखकले यस्तो निर्देशन दिएका हुन्।

उनले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए ।

गृहमन्त्री लेखकले भने,’ प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा आफ्नो मुद्दापनि आइहाल्छ ।’

सरकार बनेको सय दिनमा १० वटा काम गर्ने योजना सहित काम गरिरहेको पनि गृहमन्त्री लेखकले बताएका छन् ।

नागरिकले राज्यबाट पाउने आधारभूत सेवामा प्रहरी जोडिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवनबाट जनताले उचित सेवा पाउने बताए ।

गृहमन्त्री लेखकले सरकार बनेका एक सय दिनमा १० वटा काम गर्ने योजनासहित आफू अघि बढेको पनि बताए। उनले संक्रमणकालीन न्यायका विषयमा निष्कर्षमा पुगिएको पनि बताएका छन्।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्