जसपा नेपालको सह–अध्यक्षमा रकम, महासचिवमा लालबाबु र रामकुमार


 


काठमाडौँ, भदौ १० । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टीले पदाधिकारीसहित कार्यकारिणी समिति, केन्द्रीय समिति तथा केन्द्रीय निकायहरूमा सदस्यहरू चयन गरेको छ ।

सोमबार जारी निर्णय अनुसार सह–अध्यक्षमा रकम चेम्जोङ चयन भएका छन् ।

त्यस्तै, पाँच जना उपाध्यक्षहरूमा राजकिशोर यादव, मृगेन्द्र कुमार सिंह यादव, गोविन्द चौधरी, शिवलाल थापा मगर, विद्युत् बज्राचार्य रहेका छन् ।

महासचिवमा लालबाबु राउत र रामकुमार शर्मालाई चयन गरिएको छ । पार्टीले प्रवक्तामा मनिष कुमार सुमनलाई चयन गरेको छ ।

यसअघि महाधिवेशनले पार्टीको अध्यक्षमा उपेन्द्र यादवलाई मात्र चयन गरेको थियो ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्