शंखमूलको पुलहाउसमा एक पुरुषको हत्या


 


काठमाडौं, भदौ १० । काठमाडौं महानगरपालिका–१०, शंखमूलमा एक पुरुषको हत्या भएको छ ।

प्रहरीका अनुसार आइतबार राति शंखमूलस्थित बुद्ध बिहार अगाडि पुल हाउसमा रुपक बान्तवाको हत्या भएको हो ।

बान्तवाको शरीरमा घाउचोटका निशान रहेको घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्