अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्यो


 


काठमाडौं, भदौ १० । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेको छ ।

अमेरिकासहित विश्वव्यापी मौज्दात केही घटेसँगै मूल्यमा चाप परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्म आउँदा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । पछिल्लो पाँच दिनमै कच्चा तेलको भाउ औसत साढे ४ प्रतिशतले बढेको छ ।

गत बुधबार प्रतिब्यारेल ७१. ९ अमेरिकी डलर हाराहारीमा कारोबार भएको डब्लूटीआई तेलको भाउ हाल ७५.३ पुगेको छ ।

त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ यो अवधिमा ७५.५ डलरबाट बढेर ७९.५ पुगेको छ । मुर्बान तेल प्रतिब्यारेल ७५.२ डलरबाट बढेर ७८.८ पुगेको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा आयात हुने डिजेल, पेट्रोलको भाउ पनि बढ्छ ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्