विदेश पठाइदिन्छु भन्दै दुई करोड बढी ठगी गर्ने दुई जना पक्राउ


 


काठमाडौं, भदौ १० । ग्रीस पठाइदिन्छु भन्दै २४ जनाबाट दुई करोड बढी रकम ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

प्रहरीले दाङको लमही नगरपालिका–४ का देव सुनार र भीमकुमार सुनारलाई पक्राउ गरेको हो । उनीहरूलाई भारतको दिल्लीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । ​

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको वैदेशिक रोजगार ठगी पिलरबाट प्रहरी टोली दिल्ली पुगेको थियो ।

प्रहरीका अनुसार उनीहरुले गत वर्ष असारसम्म २४ जनाबाट जनही १० देखि १२ लाख रुपैयाँ उठाएका थिए । पैसा उठाइसकेपछि उनीहरू एकाएक सम्पर्कविहीन भएका थिए । प्रहरीका अनुसार कतिलाई पैसा फिर्ता दिने आश्वासन पनि दिएका थिए ।

पीडितमध्येका एक नवराज बडुवालबाट मात्रै ग्रीस पठाउने भन्दै उनीहरुले ३८ लाख रुपैयाँ ठगी गरेका थिए ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्