‘बेष्ट इन डिजिटल बैंङ्किङ अवार्ड’ एनआईसी एशिया बैंकलाई


 


काठमाडौं । दोस्रो आइसीसी इमर्जिङ एसिया बैंङ्किङ अवार्ड अन्तर्गतको ‘बेष्ट इन डिजिटल बैंङ्किङ अवार्ड’
एनआईसी एशिया बैंकले प्राप्त गरेको छ ।

‘डिजिटल फस्ट बैंक’ बन्ने दीर्घकालीन रणनीति अनुरुप सम्पूर्ण बैंकिङ्ग सेवाहरू क्रमिक रुपले डिजिटल माध्यममा रुपान्तरण गरिरहेको यस बैंकलाई प्राप्तउक्त पुरस्कारले डिजिटल बैङ्किङमा अझ बढी उत्पे्ररणा प्रदान गरेको छ ।

इण्डियन चेम्बर अफकमर्सको दोस्रो आइसीसी इमर्जिङ एसिया बैंङ्किङ अवार्ड अन्तर्गत २०२४ अगष्ट २३ मा भारतको नयाँदिल्लीमा आयोजना गरिएको ‘बैंकिङ्ग कनक्लेभ २०२४’ कार्यक्रममा यस बैंकलाई उक्त अवार्ड प्रदान गरिएको थियो ।

यस अवार्डमा विमस्टेकअन्तर्गतका राष्ट्रहरु नेपालसहित भारत, श्रीलंका, भुटान, म्यानमार लगायतका देशहरुका बैंकहरुले प्रतिस्पर्धा गरेका थिए । यी देशका बैंकहरुले विभिन्न आठ विधामाप्रतिस्पर्धा गरेका थिए, जसमा नेपालबाट यस बैंकले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो ।

यस अवार्डमा उत्कृष्ट बैंक छनौट गर्नका लागि इण्डियन च्याम्बर अफकमर्स अन्तर्गतको आर्थिक मामिला तथा नीति विभागले विभिन्न १७ वटा सूचकहरु निर्धारण गरेको थियो ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्