बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु, ५० लाख बढी प्रभावित


 


एजेन्सी । लगातारको मनसुनी वर्षाका कारण बंगलादेशमा बाढीका कारण २० जनाको मृत्यु भएको छ भने ५० लाखभन्दा बढी मानिस प्रभावित भएका छन् ।

बाढीका कारण लाखौं मानिसले व्यवस्थित खाना, सफा पानी, औषधि र सुक्खा कपडाको अभावको सामना गरिरहेको बताइएको छ ।

बंगलादेशको अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले टेलिभिजन सम्बोधनमार्फत् प्रशासनले बाढी पीडितलाई सामान्य अवस्थामा फर्काउन सबै आवश्यक उपायहरू अपनाइरहेको बताएका छन् ।

त्यस्तै बाढी भारतले बाँध खालेको कारण आएको बताइरहँदा युनुसले आगामी दिनमा बाढी आउन नदिन भारतसँग छलफल सुरु गरेको जानकारी दिएका छन् ।

बाढी प्रभावित ११ जिल्लाका करिब ४ लाख मानिसले ३५ सय राहत शिविरहरूमा शरण लिइरहेको बताइएको छ ।

प्रकाशित मिति: १० भाद्र २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्