गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेट क्वालिटी अवार्डबाट सम्मानित


 


काठमाडौं ९ भदौ । भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित दोस्रो इर्मजिङ एसिया बैंकिङ कन्क्लेभमा गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेट क्वालिटी अवार्डबाट सम्मानित भएको छ ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।
कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महसुस गरेको छ । कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ्ग ईकाई प्रमुख श्री नकुल पौडेलको उपस्थिति रहेको थियो ।
काठमाण्डौंको लाजिम्पाटमा केन्द्रीय कार्यालय रहेको गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौं उपत्यकाभित्र २२ सहित देशभर १ सय २३ शाखा कार्यालय, १ एक्सटेन्सन काउण्टर र ५० वटा एटिएममार्फत ग्राहकहरुलार्ई सेवा प्रदान गर्दै आईरहेको छ ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्