नेप्सेमा उच्च अंकको गिरावट, १९ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको पहिलो कारोबार दिन आज सेयर बजारको परिसूचक नेप्सेमा उच्च अंकको गिरावट आएको छ। अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ७९.८८ अंक घटेको हो ।
सो गिरावटपछि नेप्से २८९४ अंकमा झरेको छ । केही दिनअघि ३० अर्ब हाराहारी पुगेको कारोबार रकम बिहीबारजस्तै आज पनि १९ अर्ब ७४ करोडमा सीमित भएको छ ।
१८४ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ६० कम्पनीको शेयर मूल्य वृद्धि भएको छ । ठूलो करेक्सनविनै ३ हजार बिन्दु छोएको नेप्से केही दिनयता साइडवेजमा चल्दै आएको थियो। आइतबार नेप्सेले २९ सय बिन्दुलाई छाडेर तल झरेको हो ।
प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार