प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाऔँ : सांसद चन्द


 


काठमाडौँ । राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउन आवश्यक रहेको बताएकी छन् । आइतबारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री बनाउनुपर्ने नेकपा (माओवादी केन्द्र)को धारणा रहेको बताइन् । उनले संविधान संशोधन गर्ने सत्तामा रहेका दुई ठूला राजनीतिक दलहरुले स्पष्ट धारणा ल्याउनुपर्ने बताइन् । उनले चुनावी घोषणा पत्रमा संविधान संशोधनको विषय नराखेकाले जनअनुमोदित बनाएर मात्रै संविधान संशोधन हुनुपर्ने बताइन् ।

उनले भनिन्, ‘प्रदेश मजबुत बनाएका छौँ कि छैनौँ, छैनौँ भने कसका कारणले यसको पनि विश्लेषण हुनुपर्छ । समानुपातिक समावेशीलाई दोष लगाउनुभन्दा सही अन्वेषण गरेनौँ भने सरकार बनाउन बाहेक अरु कुनै उद्देश्य छैन भन्ने पुष्टि हुन्छ । संविधान संशोधनको कुरा गर्नुहुन्छ भने आफ्नो आधिकारिक धारणा ल्याउनुस् । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, पूर्ण समानुपातिक निर्वाचन प्रणाली र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री पनि बनाएर जाऔँ ।’

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्