राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्छ : योगेश भट्टराई


 


काठमाडौँ । सत्तारुढ नेकपा (एमाले)का सचिव एवं संसदीय विभाग प्रमुख योगेशकुमार भट्टराईले राजश्व गुमाउन भूमिका खेलेका सरकारी अधिकारीलाई अख्तियारले कारबाही गर्नुपर्ने बताएका छन् । भट्टराईले विद्युत् प्राधिकरण लगायत सरकारको राजश्व गुमाउन भूमिका खेलेका सम्बन्धित पदाधिकारीहरुका बारेमा अख्तियारमा उजुरी दिनुपर्ने बताएका हुन् ।

आइतबार लेखा समिति बैठकमा बोल्दै सचिव भट्टराईले भने, ‘अख्तियार प्रमुखलाई बोलाएर सोधौं, विद्युत् प्राधिकरण लगायत नेपाल सरकारकारको राजश्व गुमाउन भूमिका खेलेका सम्बन्धित पदाधिकारीलाई अख्तियारमा पुन लेखी पठाउँ । अख्तियारलाई किन निर्देशन नमानेको भनेर सोधौं । पुनः लेखी पठाउँ ।’

उनले लाल आयोगदेखि विभिन्न समिति र लेखा समितिको निर्णयअनुसार गुमेक‍ा राजश्व फिर्ता गर्न पदीय जिम्मेवारी अनुसार जिम्मेवार व्यक्तिलाई कारवाही गर्न पुनः अख्तियारलाई निर्देशन दिनुपर्नेमा जोड दिए ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्