सर्वोच्च छाडेर उच्चमा न्यायाधीश नियुक्त गर्ने तयारी


 


काठमाडौँ । न्याय परिषद्ले उच्च अदालतमा न्यायाधीश नियुक्त गर्ने तयारी गरेको छ । त्यसका लागि आइतबार न्याय परिषद्को बैठक सुरु भएको छ ।

बैठकले १६ जना न्यायाधीश नियुक्त गर्ने तयारी गरेको परिषद् स्रोतले जनाएको छ । सर्वोच्च अदालतमा समेत न्यायाधीश नियुक्त गर्नुपर्ने भएपनि ढिलाइ हुँदै आएको बेला आइतबार उच्चमा भने नियुक्तिको तयारी भएको परिषद् स्रोतको भनाइ छ ।

सर्वोच्चमा ४ जना न्यायाधीश नियुक्त गर्नुपर्ने अवस्था छ । लामो समयदेखि न्यायाधीश नियुक्तिबारे छलफल हुँदै आएपनि सहमति नजुट्दा अहिलेका लागि उच्चको न्यायाधीशमात्र नियुक्ति गर्न लागिएको हो ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्