बुद्ध दर्शनको अनुयायी बन्न ज्ञान र मन चाहिन्छ : प्रधानमन्त्री ओली


 


काडमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन बस्त्र लगाएर मात्रै नहुने बताएका छन् ।

लुम्बिनी बौद्ध विश्वविद्यालयको १६ औं सभा बैठकमा बोल्दै कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले बुद्धका दर्शन र सन्देशलाई शिक्षाका माध्यमबाट विस्तार गर्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले विश्व मानव जातिका लागि ऐतिहासिक योगदान दिने बुद्ध दर्शनको रक्षा र विस्तार गर्न नयाँ सोचका साथ खोलिएको बौद्ध विश्वविद्यालयले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताए।

प्रधानमन्त्री ओलीले भने,‘बुद्ध दर्शनको अनुयायी र भिक्षु हुन बस्त्र लगाएर मात्रै हुँदैन। यस्का लागि ज्ञान र मन चाहिन्छ। हामीले बौद्ध दर्शनको शिक्षा सुरु गरेका छौँ । हामीले जीवनलाई सपार्ने गुणस्तरीय शिक्षा दिनुछ। दृढ़ अठोट र निरन्तर प्रयासबाट हामी विकास हासिल गर्न सक्छौ र सफलतामा पुग्न सक्छौँ।’

उनले नेपालीको चेतना,गौरव र इतिहाससँग यो विश्वविद्यालय जोडिएकोले बुद्धले सिकाएका सकारात्मक र मैत्रीचेत अहिले पनि सामयिक भएको बताए।

बैठकले आगामी मंसिरमा हुने तेस्रो दीक्षान्तका लागि २८५ विद्यार्थीको ग्रेस लिष्टका साथै यस आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट पारित गरेको छ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्