पाकिस्तानको हवाई क्षेत्रमा ४५ मिनेट उड्यो मोदीको विमान


 


नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पोल्यान्डबाट स्वदेश फर्किने क्रममा पाकिस्तानको हवाई क्षेत्र प्रयोग गरेका छन् । पाकिस्तानी मिडिया हाउस डनले त्यहाँको नागरिक उड्डयन प्राधिकरणका अधिकारीलाई उद्धृत गर्दै यो समाचार छापेको हो ।

समाचारका अनुसार मोदी ४६ मिनेटसम्म पाकिस्तानको हवाई क्षेत्रमा थिए । उनको विमान पोल्यान्डबाट काजकिस्तान, ताजकिस्तान इस्लामाबाद र लाहोर हुँदै अमृतसरबाट नयाँ दिल्ली पुगेको थियो ।

जियो न्युजका अनुसार मोदी चढेको विमान बिहान १०ः१५ बजे पाकिस्तानको हवाई क्षेत्रमा प्रवेश गरेको थियो । ११ः०१ बजेसम्म विमान पाकिस्तानी हवाई क्षेत्रमा थियो । यस विषयमा हालसम्म भारतले भने केही बोलेको छैन । मोदी अमेरिका जाँदा पनि पाकिस्तानी हवाई क्षेत्र प्रयोग गरेको दाबी डनले गरेको थियो ।

सन् २०१९ को फेब्रुअरीमा भारतले पाकिस्तानको बालाकोटमा हवाई आक्रमण गरेको थियो । त्यसपछि पाकिस्तानले भारतीय विमानका लागि आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । पाकिस्तानले मार्चमा आंशिक रूपमा हवाई क्षेत्र खोल्यो । तर आफ्नो क्षेत्रमा भारतीय उडान प्रतिबन्धित नै राखेको थियो । सन् २०१९ मा भारतले प्रधानमन्त्री मोदीको विमानका लागि पाकिस्तानको हवाई क्षेत्र प्रयोग गर्न अनुमति मागेको दाबी डनले गरेको छ ।

कश्मीर विवादका कारण पाकिस्तानले मोदीको विमानलाई उड्ने अनुमति दिएको थियो । त्यतिबेला जर्मनी जाने क्रममा मोदीको विमानले पाकिस्तानी हवाई क्षेत्र भएर जानु परेको थियो । तर दुई वर्षपछि पाकिस्तानले अमेरिका जान लागेको मोदी ननस्टप फ्लाइटलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न दिएको थियो ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्