सडक किनारमा वडाध्यक्ष यादव मृत फेला, घटना शंकास्पद


 


जनकपुरधाम, भदौ ९ । महोत्तरीको बर्दिबास–जलेश्वर सडकखण्डमा रामगोपालपुर नगरपालिका २ का वडाध्यक्ष मुकेश यादव मृत फेला परेका छन् ।

सडकको कल्भर्ट नजिक आज बिहान वडाध्यक्ष यादव मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी सन्तुलाल जयसवालले जानकारी दिए । उनका अनुसार घटनास्थल नजिकै मोटरसाइकल पनि भेटिएको छ ।

घटना शंकास्पद रहेको भन्दै अहिले बर्दिबास–जलेश्वर सडक अबरुद्ध गरिएको छ । डिएसपी जयसवाल नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेका छन् ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्