मौसम खराबीले राष्ट्रपति चढेको हेलिकोप्टर आकस्मिक अवतरण


 


काठमाडौं, माघ १४

राष्ट्रपति विद्यादेवी भण्डारी चढ्नुभएको हेलिकोप्टर मौसमको खराबीका कारण आकस्मिक अवतरण भएको छ । शुक्रबार बिहान राष्ट्रपतिलाई लिएर धनगढी जान लागेको हेलिकोप्टर दाङको भालुवाङमा आकस्मिक अवतरण भएको हो ।

भालुवाङमा रहेको सशस्त्र प्रहरीको ब्यारेकमा हेलिकोप्टर आकस्मिक अवतरण भएको र मौसम खुल्ने बित्तिकै धनगढी जाने राष्ट्रपतिकाे कार्यालय शितल निवासले जनाएकाे छ ।

प्रकाशित मिति: १४ माघ २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्