देउवाको घर अगाडि भेटिएको शंकास्पद वस्तु निस्क्रिय


 


धनगढी, भदौ ९ । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको धनगढीस्थित घर अगाडि भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निष्क्रिय गरेको छ ।

धनगढी उपमहानगरपालिका–४ मा रहेको देउवा निवास अगाडि शनिवार राति शंकास्पद वस्तु भेटिएको थियो । प्रहरी त्यसलगत्तै शंकास्पद वस्तु भएको ठाउँमा पुगेको थियो ।

उक्त वस्तु बिहान ५ बजे पुगेको नेपाली सेनाको टोलीले अहिले शंकास्पद वस्तु निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय, कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले जानकारी दिए ।

प्रकाशित मिति: ९ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्